प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको शेयरधनीहरुलाई बोनस शेयर जम्मा गर्नका लागि हितग्राही (डिम्याट) खाता उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना
यस कम्पनीको मिति २०७२/१२/१७ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम आर्थिक वर्ष २०७१/०७२ को मुनाफाबाट ३० प्रतिशतका दरले वोनस शेयर दिने निर्णय भएको व्यहोरा सहर्ष जानकारी गराउंदछौं । वोनस शेयर हितग्राही खातामा जम्मा गर्ने सम्बन्धमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराई सक्नुभएका शेयरधनीहरु महानुभावहरुलाई सम्बन्धित निकायहरुको स्वीकृती एंव सूचीकरण पश्चात बोनस शेयर सोझै हितग्राहीको खातामा जम्मा हुने व्यवस्था मिलाईएको तथा हितग्राही खाता नहुने शेयरधनीहरुले हितग्राही (डिम्याट) खाता खोली BOID NO कम्पनीमा उपलब्ध गराउन अनुरोध गर्दछौं ।
साथै बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने बारेको निवेदन यस कम्पनीको केन्द्रिय कार्यालयबाट र कम्पनीको Website : premier- insurance.com.np बाट Download गर्न सकिने छ ।