तपाईं र तपाईंको परिवारको स्वास्थ्य अमुल्य छ । त्यसैलाई मध्यनजरमा राख्दै उत्कृष्ट स्वास्थ्य सेवाको पहुँच, सर्वसुलभ र भरपर्दो बनाउने लक्ष्यका साथ यस प्रिमियर इन्स्योरेन्स कम्पनी र नेपाल मेडिसिटी हस्पिटलको संयुक्त सहकार्यमा क्यासलेस स्वास्थ बीमा सेवा उपलब्ध गराइएको छ जस अन्तर्गत अन्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटीमा हस्पिटलाइज हुँदा तुरुन्तै उपचार सेवा प्राप्त गर्न सकिने छ ।
स्वास्थ्यमा बेजोड सुधारको र खर्चिलो सेवा लाई न्युनीकरण गर्ने क्रममा बजारमा यो बीमा सेवा भरपर्दो रहेको र सोहि अनुरुप क्यासलेस स्वास्थ्य बीमा बजारमा उपलब्ध गराइएको छ ।
प्रिमियर गाृहस्थ बीमा
भवन वा सम्पत्तिको हानि – नोक्सानी भएमा बीमालेखमा उल्लेख भए बमोजिम क्षतिपूर्ति रकम यकिन गरी भुक्तान गर्नेछ । यस अन्तर्गत भवनमा भएका मालसामान, टेलिभिजन तथा व्यक्तिगत दुर्घटनाको पनि बीमा समावेश गरिएको हुन्छ ।
इन्जिनियरिङ्ग बीमा
परियोजनाहरुको निर्माण कार्यको बेला हुने विभिन्न प्राकृतिक जोखिमको कारणबाट पुग्न गएको हानि-नोक्सानीको क्षतिपूर्ति प्रदान गदर्छ । यसबाहेक ठेकेदारको जोखिम, प्रेसर प्लान्ट, मेसिन बिग्रेको, बिजुली उपकरण बिग्रेको साथै तेस्रो पक्षको बीमा पनि यस बीमालेख अन्तर्गत समावेश गर्न सकिन्छ । तथा मेसिन बिग्रेर अथवा बोइलर पड्केर व्यापारमा हुन सक्ने घाटाको पनि यसै बीमामा समेट्न सकिन्छ ।
प्रिमियर अग्नी बीमा
आगलागी, चट्याङ्ग, भुकम्प तथा विस्फोटनको कारणबाट सम्पक्तिमा पुग्न गएको क्षति÷हानि–नोक्सानीकोे क्षतिपूर्ति यस बीमालेखले प्रदान गर्छ । यस बाहेक बाढी तथा जलमग्न, पहिरो, भूस्खलन र हुरी बतास तथा आँधी बेहरीबाट हुने क्षतिको समेत यस बीमालेखले क्षतिपूर्ति प्रदान गर्दछ ।