हाम्रोबारे

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्थापना वैशाख २९, २०५१ सालमा भएको हो। स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यावसायिकताका कारण हामीले ग्राहकको सन्तुष्टि जित्न सफल हुनुका साथै स्थानीय र अन्तराष्ट्रिय बीमा क्षेत्रमा प्रतिष्ठा हासिल गर्न सफल भएका छौं।

यस कम्पनीको संस्थापकहरुको दृढ विश्वास र संकल्पबाट नै बीमा र पुर्नबीमा कारोबारमा सफलता प्राप्त गर्न सकेको हो। मुलुककै प्रतिष्ठित उद्यमी र व्यापारीहरुद्घारा प्रबर्तित प्रिमियर इन्स्यारेन्सको विकासमा सञ्चालकहरुको अनुभव, उद्ममशीलताको प्रतिभा र कुशल नेतृत्वको अहम भूमिका रहेको छ।

दक्ष जनशक्ति प्रिमियरको सबैभन्दा ठूलो ताकत हो। बीमा व्यवसायमा मानव संसाधनको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यही अनुसार हाम्रो कर्मचारीहरुले पनि यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका छन्।

ग्राहक वर्गलाई गुणस्तरीय र शीघ्र सेवा प्रदान गन्र्र हामीले प्रविधिको मद्दत लिएका छौं। नयाँ प्रविधिको विकास सँगै हामी हाम्रो कर्मचारीहरुलाई सो प्रविधि सम्बन्धि उपयुतm तालिम प्रदान गरी अझ दक्ष बनाउँछौं। साथै ग्राहकको सुरक्षा र माँगलाई ध्यानमा राखी हामीले प्रदान गर्ने सेवालाई बिस्तार गर्दै आएका छौं।

साथै हामीले बीमा र पुर्नबीमाकोे लागि क्तबलमबचम बलम एययच ९क् ७ ए० जस्तो च्बतष्लन ब्नभलअथ बाट राम्रो च्बतष्लन पाएको विश्वकै ठूला र प्रतिष्ठित बीमा कम्पनीहरुसँग साझेदारी गरेका छौं। पुर्नबीमाको सुरक्षित व्यवस्था भएकाले हामी सबै खाले बीमाको दावी भुतmान गर्न समर्थ छौं।

त्यसै गरी मुलुकभरीको जनताको पहुँच बढाउन हामीले वीरगंज, विराटनगर, पोखरा, नारायणगढ, बुटवल, झापा र जनकपुर गरी सात क्षेत्रमा हामीले शाखा कार्यालय खोलेका छौं। साथै देशको अन्य भागमा पनि नयाँ कार्यालयहरुको स्थापना गरी बजार बिस्तार गर्दैछौं।