99

क्यासलेस बिमामा नेपाल मेडिसिटी र प्रिमियर इन्स्योरेन्स

नेपालीहरुलाई स्वस्थ रहन र समृद्ध नेपालको कल्पना स्वरुप नेपाल मेडिसिटी हस्पिटल र प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. ले सहकार्य गरि क्यासलेस स्वास्थ्य बिमा बजारमा ल्याउने भएको छ । यस स्वास्थ्य विमा अन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सूलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सूविधामार्फत हस्पिटल र इन्स्योरेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनूरुप कार्य गर्ने योजना बनाएको छ । जस अन्तर्गत, सेवा लिने ग्राहकले नगदको पर्वाह नगरी सिधै हस्पिटलमा भर्ना भई लिएको सेवाको आधारमा उपचारको क्रममा लाग्ने खर्चको नब्बे प्रतिशत सिधै इन्स्योरेन्स कम्पनीमार्फत भूक्तानी भइ दश प्रतिशत मात्र आफैले वेहोर्नू पर्नेछ ।

क्यासलेस स्वास्थ्य बिमामा आधारित भई, शूक्रबार एक समारोहकाबिच नेपाल मेडिसिटी हस्पिटलका प्रमूख कार्यकारी अधिकृत सूधाकर जयराम र प्रिमियर इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सूद्यूम्न प्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गर्नूभएको छ ।

विश्व स्वास्थ्य अन्तर्गत, विश्वका अधिकांश देशहरुमा स्वास्थ्य बिमा अत्यावश्यक रहेको र यसको अत्याधिक उपयोगलाई मध्यनजर गरी आम जनताहरुले स्वास्थ्यमा ढूक्क भइरहेको र सोहीअनूरुप अब नेपालमा पनि सोको आवश्यक्ता देखिएको हूनाले भविष्यलाई मध्यनजर गरी हस्पिटल र इन्स्योरेन्सले यो कदम चालेको जानकारी गराइन्छ ।

नेपालको स्वास्थ्य बिमामा अझै पिछडिएको र सर्वसूलभ स्वास्थ्य सेवा उपलब्ध गराई सम्पुर्ण व्यक्तिहरुको पंहूचमा यसलाई पूर्‍याई, समृद्ध नेपालको कल्पना यस बिमा योजनाले गरेको छ । जसमा नेपाल मेडिसिटी एक अन्तराष्ट्रिय अस्पताल जून भरपर्दो गन्तव्यको रुपमा रहेको र यसको सेवाहरु आम नेपालीहरुले धान्न सक्ने भएकाले उपचारको लागी विदेशीनू नपर्ने कूरालाई जोड दिदै प्रिमियर इन्स्योरेन्स र नेपाल मेडिसिटी हातेमालो गरी स्वास्थ्य बिमामा जागरुक भई बिमा मार्फत सेवा उपलब्ध गराउने जनाएको छ ।

यसै स्वास्थ्य बिमा मार्फत सम्पुर्ण नेपालीले प्रिमियर इन्स्योरेन्सका स्वास्थ्य बिमा प्याकेजहरुमा आवद्ध भई नेपाल मेडिसिटी अस्पतालका अन्तराष्ट्रिय स्तरको सेवाहरु सहज रुपमा उपलब्ध गराइने छ । साथै यस सेवाबाट औषधीउपचार खर्चको रुपमा वर्षेणी बाहिरिने रकम पनि आफ्नै देशमा सदूपयोग हून गई स्वस्थ र समृद्ध नेपालको भविष्य निर्धारण हूनेमँ हामी विश्वस्त छौ ।